काठमाडौं – अघिल्ला दुई अधिवेशनकालभर अवरोधमा उत्रिएको प्रमुख विपक्षी एमालेले आजदेखि प्रारम्भ हुँदै एघारौं अधिवेशनमा कसरी प्रस्तुत होला रु स्थानीय चुनावको परिणामको रौनकबीच हुन लागेको अधिवेशनकालमा यो चासोको विषय हो ।


ADVERTISEMENT


संसद्‌को एघारौं अधिवेशन आज ४ बजेदेखि प्रारम्भ हुँदैछ । संसद्‌मा कसरी प्रस्तुत हुने भन्नेमा एमालेले निर्णय लिइनसकेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । ‘यतिखेरसम्म कुनै निर्णय लिइसकिएको छैन, हामी दलमा छलफल र सल्लाह गर्दैछौं’ भट्टराईले  भने ।


ADVERTISEMENT

# # #


यो बजेट अधिवेशन पनि हो । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट २०७९-०८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव राख्नेछन् ।

तर ‘प्रि–बजेट’ छलफल निम्ति नियमावली उल्लेखित समय पुग्दैन । त्यसकारण नियमावलीका प्रावधान निलम्बन गर्नुपर्ने देखिन्छ । संसद्‌ सचिवालयले दुई वटा अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची सोमबार सार्वजनिक गरिसकेको छ ।

त्यसमा सरकारले केही अध्यादेश थप गर्ने सूचना संसद्‌ सचिवालयलाई दिएको हुँदा सम्भावित कार्यसूचीमा हेरफेर हुन सक्ने जानकारी संसद्‌ सचिवालयका एक अधिकारीले दिए ।