काठमाडौँ – कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका राजकुमार नकर्मी नौ हजार ४३ मत ल्याएर निर्वाचित भएका छन् ।


ADVERTISEMENT


उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केशरत्न बज्राचार्यले पाँच हजार ५०७ मत प्राप्त गरेको काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुर भट्टराईले जानकारी दिए ।


ADVERTISEMENT

# # #


यसैगरी उपमेयर पदमा रुख चुनाव चिह्न लिएर उम्मेदवार बनेकी जनता समाजवादी पार्टीकी शुभलक्ष्मी शाक्यले आठ हजार ६६५ मत प्राप्त गरी विजयी भइन् ।

उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी बिन्दु महर्जनले सात हजार २०६ मत प्राप्त गरिन्।