काठमाडौँ – काठमाडौं महानगरपालिकाको मेयरतर्फ स्वतन्त्र मेयर उम्मेदवार वालेन्द्र(वालेन) शाहले सुरुवाती अग्रता कायम गरेका छन् । ३२ हजार ३०२ मत गणना हुँदा वालेनले १२५५३ मत ल्याएका छन् ।


ADVERTISEMENT


उनले निकटतम प्रतिद्वन्द्व नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई ५ हजार ८४७ मतले पछि पारेका छन् । स्थापितले ६ हजार ७०६ मत पाएका छन् । यस्तै पाँच दलीय गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंह तेस्रो स्थानमा रहेकी छन् ।


ADVERTISEMENT

# # #


उनले पछिल्लो मपडेट अनुसार ५ हजार ९५७ मत पाएकी छन् ।

यस्तै उपमेयरतर्फ नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले सुरुवाती अग्रता कायम गरेकी छन् । सुनिताले ११ हजार ६९४ मत पाएकी छन् । उनका निकटतम प्रतिद्वन्द्व नेकपा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले ३ हजार ४४२ मत मात्रै पाएका छन् ।

यस्तै राप्रपाकी विनिता मगैया २ हजार ५०९ मतसहित तेस्रो स्थानमा छिन् । काठमाडौँमा अहिले वडा नं. २, ३, ४, ५, ६, ३०, ३१, ३२ को मत मणना भइरहेको छ । वडा नं. १ र २ को मतगणना सम्पन्न भइसकेको छ ।