काठमाडौँ – बाजुराको बडीमालिका नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार अमरबहादुर खड्का विजयी भएका छन् । उनी ४६७ मतान्तरसहित ४ हजार १९ मत ल्याएर विजयी भएका छन् ।


ADVERTISEMENT


उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका धनराज पण्डितले ३ हजार ५५२ मत ल्याए । यस्तै नेकपा माओवादी केन्द्रका चन्द्रबहादुर थापाले ५५ मत पाएका छन् ।


ADVERTISEMENT

# # #


यस्तै उपमेयरतर्फ पनि नेकपा एमालेकी नन्दाकुमारी थापाले ४ हवार २३३ मत प्राप्त गरेकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी राधिकाकुमारी शाही (सिंह)ले ३ हजार ३५१ मत ल्याएकी छन् ।

बडीमालिकामा यसअघिको निर्वाचनमा नेपाली काँग्रेसका पदम बडुवालले एमालेका गगन वहादुर रावललाई पराजित गरेका थिए ।