झापा– बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) ले विजयी भएको छ ।


ADVERTISEMENT


अध्यक्षमा एमालेका देवेन्द्रप्रसाद चम्लगाईंले सात हजार १४८ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका निकटम प्रतिद्वन्द्वी गठबन्धनका खड्गप्रसाद राजवंशीले चार हजार ३६१ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


यसैगरी उपाध्यक्षमा एमालेकै शान्ता शिवाकोटी खरेलले छ हजार ६३६ मत प्राप्त गरी निर्वाचित भएकी छन् । उनको निकटम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका कमला राजवंशीले चार हजार १९५ मत प्राप्त गरेकी हुन् ।

सात वडा रहेको बाह्रदशीमा चारमा कांग्रेस तथा एक÷एक वडामा एमाले, राप्रपा र स्वतन्त्रले अध्यक्षमा विजयी बनेका छन् । रासस