काठमाडौँ – धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राईले अग्रता लिएका छन् । ताजा मत परिणाम अनुसार राईले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका किशोर राईलाई १४ मतले पछि पारेका हुन् ।


ADVERTISEMENT


लौरो चुनाव चिन्ह पाएर चुनावी मैदानमा उत्रिएका हर्कराज राईले ताजा अवस्थामा ८ हजार १४० मत पाएका छन् । यस्तै उनका निकटनतम प्रतिद्वन्द्वी पाँच दलीय गठबन्धनका साझा उम्मेदवार काँग्रेसका किशोर राईले ८ कजार १२६ मत ल्याएका छन् ।


ADVERTISEMENT

# # #


यस्तै तेस्रो स्थानमा नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदी रहेकी छन् । उनले यो समाचार तयार पार्दासम्म ६ हजार ७१३ मत प्राप्त गरेकी छन् ।

यस्तै धरानमा उपमेयर तर्फ नेकपा माओवादी केन्द्रका अइन्द्रविक्रम बेघा अग्रस्थानमा रहेका छन् । उनले ९ हजार १३६ मत ल्याएका छन् । यस्तै नेकपा एमालेका पदमप्रसाद लिम्बु ८ हजार ८५१ मतसहित दोस्रो स्थानमा रहेका छन् ।