धनगढी – कैलालीको कैलारी गाउँपालिकामा गठबन्धनबाट कारबाहीमा परेका कांग्रेसका बागी उम्मेदवार विजयी भएका छन्।


ADVERTISEMENT


गठबन्धनको सिट बाँडफाँडमा माओवादी केन्द्रको भागमा परेको उक्त गाउँपालिकामा राजसमझ चौधरीले रुख चिह्नबाटै उम्मदवारी दिएका थिए।


ADVERTISEMENT

# # #


उनले गठबन्धनका आधिकारिक उम्मेदवार माओवादीका लाजुराम चौधरीलाई चार हजार मतले पराजित गरेका हुन् । राजसमझले १० हजार ४ सय ९२ मत प्राप्त गरे भने लाजुरामले ६ हजार ४ सय ३० मत प्राप्त गरेका छन् । उपाध्यक्षमा कांग्रेसकी भागवतीकुमारी चौधरी विजयी भएकी छन्।

उनले १० हजार ४ सय ८४ मत ल्याएर निर्वतमान उपाध्यक्ष माओवादी केन्द्रकी लक्ष्मी सत्गौवा थारुलाई पराजित गरेकी छन् । उम्मेवारी फिर्ता लिने बेलासम्म गठबन्धन दलमा सहमति नजुट्दा कांग्रेसका तर्फबाट अध्यक्षमा राजसमझको उम्मेदवारी कायम रहेको थियो ।