भरतपुर  – भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ३ हजारको अग्रता लिएकी छन् ।


ADVERTISEMENT


आज बिहानसम्म ३८ हजार ८६४ मतगणना हुँदा दाहालले १४ हजार ७६६ मत पाएकी छन् । उनलाई एमालेका विजय सुवेदीले ११ हजार ७६५ मतले पछ्याइरहेका छन् ।


ADVERTISEMENT

# # #


कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ९० मत पाएका छन् । उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी १७ हजार ९६ मतसहित अगाडि छन् । उनका प्रतिस्पर्धी राप्रपाकी उम्मेदवार हिमला गुरुङको मत ९ हजार ५०१ छ ।