काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले दोब्बर मतले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणामअनुसार बालेनले २१ हजार १११ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT


दोस्रो स्थानमा रहेका एमालेका मेयरका उम्मेदवार केशव स्थापितले १० हजार ९९८ मत प्राप्त गरेका छन्। बालेन स्थापितभन्दा १० हजार ११३ मतले अघि छन्।


ADVERTISEMENT

# # #


गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले १० हजार १७३ मत प्राप्त गरेकी छन्।