सर्लाही – सर्लाहीको लालबन्दीमा मेयर तथा उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।


ADVERTISEMENT


लालबन्दीमा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार वासुदेव अधिकारी ९ हजार ५ सय ६१ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गोविन्द बहादुर महतले ७ हजार ८ सय ८३ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


उपमेयरमा काङ्ग्रेसकी कल्पनामाया पाख्रिन निर्वाचित भएकी छन् । पाख्रिनले ८ सय ८ सय ५० मत ल्याउँदा उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी सनसरीमाया थिङले ८ हजार १ सय ५९ मत मात्र प्राप्त गरिन् ।

नगरपालिकामा गठबन्धन नै नभए पनि पार्टी सभापति शेरबहादुर देउवाले सघाउनु भनेपछि आक्रोशित स्थानीय कांग्रेस कार्यकर्ताले उम्मेदवारी फिर्ता हुन दिएका थिएनन् । उम्मेदवारी दर्ताको समयमा केन्द्रबाट ढिला पत्राचार भएपछि लामबन्दीस्थित निर्वाचन कार्यालयले कांग्रेसका तर्फबाट वासुदेव अधिकारीको उम्मेदवारी कायम नै राखेको थियो ।

फेरि सभापति देउवाको हस्ताक्षर रहेको पत्र गठबन्धनलाई सघाउनू भन्ने आएपछि स्थानीय कांग्रेसी आक्रोशित हुँदै कुनै पनि हालतमा पछाडि नहट्ने बताएका थिए ।