काठमाण्डौं-बार्सिलोनाले स्पेनिस ला लीगा फुटबलमा आफ्नो अपराजित यात्रा कायम राखेको छ । सेल्टा भिगोसँग आज अंक बाढेको बार्साले अपराजित यात्रालाई १४ खेलसम्म पुर्‍याएको हो । ११ मा जित र ३ मा बराबरी गरेको बार्सा ३६ अंकमा तालिकाको शीर्ष स्थानमा कायम छ । एक खेल कम खेलेको भ्यालेन्सियाको ३१ तथा समान २७ अंक भएका एटलेटिको मड्रिड तेस्रो र रियल मड्रिड चौंथो स्थानमा छन् । खेलको २० औं मिनेटमा लागो आसपासले गोल गर्दै सेल्टालाई अग्रता दिलाए पनि त्यसको २ मिनेट पछि नै लियोनेल मेसीले बार्साका गोल गर्दै खेल बारबरीमा ल्याएका थिए । ६२ औं मिनेटमा लुईस स्वारेजले गोल गरेपछि बार्सा २–१ को अग्रता लिन सफल भएपनि त्यसको ८ मिनेटपछि नै म्याक्सी गोमेजले गोल गरेपछि बार्सा सेल्टा भिगोसँग अंक बाढ्न बाध्य भयो ।


ADVERTISEMENT