काठमाडौँ – काठमाडौं महानगरपालिकाकी मेयर उम्मेदवार सिर्जना सिंहले आफुले जनताको मतको सम्मान गर्ने बताएकी छन् ।


ADVERTISEMENT


राष्ट्रिय सभागृहमा भइरहेको मतगणनास्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै सिंहले जति मत आएपनि जनताको मतको सम्मान गर्ने बताएकी हुन् । उनले महानगरमा अझै पनि धेरै मतगणना हुन बाँकी रहेको भन्दै अहिलेसम्मको परिणामलाई सहज रुपमा लिएको धारणा राखिन् ।


ADVERTISEMENT

# # #


उनले भनिन्, ‘मैँले सहज रुपमै लिएको छु । मैँले पाएको एक भोटको पनि सम्मान गर्छु । मैँले राम्रै रुपमा लिइराखेको छु ।’ उनले केही वडामा राम्रो परिणाम आउनुपर्ने भएपनि केही वडामा सोचेजस्तो मत नआएको जिकिर गरिन् । उनले मतगणनापछि समीक्षा हुने र अहिले नै निष्कर्षमा पुग्दा हतार हुने उल्लेख गरिन् ।

उनले भनिन्, ‘भर्खर ६० हजार मत गणना भएको छ । समय अझैँ बाँकी छ । त्यसकारण अहिले तुरुन्त नै बोल्दा अलि हतार हुन्छ होला । मतगणना सम्पन्न भएका वडाहरुमा यहाँभन्दा राम्रो हुनुपर्ने थियो भनेर हामीले अपेक्षा गरेका थियौँ । कहीँ राम्रो भएको छ, कहीँ नराम्रो भएको छ । समग्रमा भन्दा अलि छिटो हुन्छ होला जस्तो लाग्छ ।’

काठमाडौं महानगरमा ६० हजा बढी मत गणना हुँदा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह निकै अगाडि छन् भने एमालेका केशव स्थापीत र कांग्रेसका सिंह तेस्रो स्थानमा रहेका छन् ।