काठमाडौँ– नेकपा (एमाले) का सांसद डा. भीम रावलले वर्तमान सरकार चिन्तन र दृष्टिकोण बेगर रहेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै रावलले अहिलेको सरकारसंग देश जोगाउने कुनै चिन्तन र दृष्टिकोण नभएको बताएका हुन् ।
उनले प्रधानमन्त्री शेर बहादुर देउवा गत सोमबार बुद्व पूर्णिमाका अवसरमा लुम्बिनी भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अघि निदाएको तथा छटपट गरेको भन्दै उनको अस्वभाविक व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।