काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रता बनाएका छन्। सार्वजनिक भएको पछिल्लो मतगणना अनुसार एक लाखभन्दा धेरै मत गनिसक्दा शाहले ३८ हजार ३३३ मत पाएका छन्।


ADVERTISEMENT


यस्तै सत्ता गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रो स्थानमा उक्लिएकी छन्। आइतबार बिहानसम्मको मतगणना अनुसार सिर्जनाले २१ हजार २९९ मत पाएकी छन्। त्यस्तै तेस्रो स्थानमा रहेका स्थापितको मत २१ हजार ८ मत छ।


ADVERTISEMENT

# # #


यसअघि एमाले उम्मेदवार केशव स्थापित दोस्रो स्थानमा थिए। एक लाख २ हजार ७६३ मत गणना गर्दा उनीहरूले सो मत प्राप्त गरेका हुन्।

बालेन र सिर्जनाबीचको मतान्तर १६ हजार ५ सय ४१ छ भने स्थापितसँग १६ हजार ७ सय ४५ छ। सिर्जना र स्थापितको मतान्तर २०४ छ।

अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ८, २७, २८, २९, ३०, ३१ र ३२ गरी १३ वटा वडाको मतगणना सकिसकेको छ। त्यस्तै अहिले वडा नम्बर ७, ९, १०, ११, १२, २३, २४, २५ र २६ को मतगणना राष्ट्रिय सभा गृहमा जारी छ।

यीमध्ये वडा नम्बर ७, ९, १० र २६ मा बालेनले अग्रता बढाइरहेका छन्। वडा नम्बर ९, १० र १२ मा भने सिर्जनाले अग्रता लिएकी छन्। त्यस्तै वडा नम्बर २३, २४ र २५ मा स्थापितको अग्रता छ।