काठमाडौं – चितवनको भरतपुर महानगरपालिकामा ८८ हजारभन्दा बढी मत गणना भएको छ । जसमा मा‌ओवादी केन्द्रकी रेणु दाहालले अग्रता कामयै राखेकी छन्। उनले ३४ हजार ६८४ मत पाएकी छन्। हालसम्म ८८ हजार २८४ मत गणना भएको छ।


ADVERTISEMENT


दाहालका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले २७ हजार ३७० र स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ११ हजार ७२० मत पाएका छन्।


ADVERTISEMENT

# # #


उपमेयरतर्फ नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३६ हजार ८९३ र राप्रपाकी हिमला गुरुङले २१ हजार ६२१ मत पाएकी छन्।

भरतपुरमा सत्ता गठबन्धनको चुनावी तालमेल छ। एमालेले राप्रपासँग तालमेल गरेको छ।