रुपन्देही – रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार रामकृष्ण खाँण ६३ मतले अगाडि छन् ।


ADVERTISEMENT


२७ हजार २४० मत गणना हुँदा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार खाँणले १० हजार ५६२ र नेकपा (एमाले) का मोहन चापागाईंले १० हजार ४९९ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


उपमेयरमा भने एमालेकी जागेश्वरदेवी चौधरी फराकिलो मतान्तर सहित अगाडि छन् । उनले १० हजार २०१ मत प्राप्त गरेकी छन् । गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का हेमलाल पाण्डेले पाँच हजार १२ मत प्राप्त गरेका छन् ।