काठमाडौँ – नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको हो ।


ADVERTISEMENT


बढाइएको मूल्य आज राती १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ ।


ADVERTISEMENT

# # #


यस्तै निगमले खाना पकाउने ग्यासको मूल्य समेत प्रतिसिलिण्डर २ सय रुपैयाँले बढाएको छ । जस अनुसार अब ग्यासको प्रतिसिलिण्डर १८ सय पर्ने भएको छ ।आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो