कपिलवस्तु – शनिबारराती आएको आएको हावा हुरी सहितको असिना पानीले कपिलवस्तुका विभिन्न ठाउमा कृषकले लगाएको केरा खेतीमा ठूलो क्षति पुर्याएको छ ।


ADVERTISEMENT


कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर १ उपटहवा उतमनगरमा शंकर पाण्डेले लगाएतको केरा खेतीमा पनि ठूलो क्षति पु¥याएको छ भने लाखौँको नोक्सानी भएको छ । करिब १० कठ्ठा जमिनमा लगाएको २ सय केराका घार भुईमा ढलेका छन । पसाईसकेका र भर्खर पसाउन लागेका केरामा क्षति पुगेको पाण्डेले बताए ।


ADVERTISEMENT

# # #


एक घारमा केराको कोसाबाट १ हजार देखि १२ सय सम्म पर्ने गर्थो तर सबै हावाले बोटसँगै फलमा असर परेको छ । साढे २ लाखदेखि ३ लाख सम्मकोे मुल्यको क्षति भएको पाण्डेकोे भनाई छ ।

परम्परा गर्त खेती गर्न भन्दा यस खेतिबटा राम्रो आम्दानी र छिटो सफलता हुने भए पछि पाण्डेले २ वर्षदेखि केरा खेती गर्दै आएका छन् ।