सुनसरी — सुनसरीको धरान उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख हर्कराज साम्पाङ राईले शपथ ग्रहण गरेका छन् ।


ADVERTISEMENT


साम्पाङलाई सोमबार जिल्ला निर्वाचन प्रमुख अधिकृतसमेत रहेका सुनसरी जिल्ला अदालतका १ नम्बर न्यायाधीश कैलाश सुवेदीले शपथ ग्रहण गराएका हुन् ।


ADVERTISEMENT

# # #


सामाजिक क्षेत्रमा देखिएका बेथितिविरुद्ध एक्लै संघर्ष गर्दै आएका साम्पाङ स्वतन्त्र उम्मेदवार हुन् । यसअघि सडकमा एक्लै संघर्ष र आन्दोलन गरेर सरोकारवालालाई प्रश्न गर्दै सुशासन र पारदर्शिता देखाउन दबाब दिने उनी आफ्नो चुनावी प्रचारका लागि पनि एक्लै हिडेका थिए । यद्यपि समाज एवम् जनसुधार प्रतिको उनको लगावलाईमनन गर्दै धरानका जनताले उनलाई पत्याए । र, अन्ततः शुरुआतीदेखि नै अत्याधिक मत प्राप्त गर्दै आएका राई आइतबार नवमेयरका रुपमा निर्वाचित भए ।

यससंगै उनी धरानको चुनावी राजनीतिक इतिहासमा एमाले र कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धन दलका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवारीमार्फत प्रमुख पदमा विजयी पहिलो नगर प्रमुख बनेका छन् । सदैव सरोकारवालालाई प्रश्न सोध्दै हिड्ने उनी अहिले आफै जवाफ दिने ठाउँमा पुगेका छन् ।

दलीय नेतृत्वकर्ताबाट वाक्क धरानका जनताले आफुलाई विश्वास गरेको भन्दै साम्पाङले सो भरोसालाई टुट्न नदिने प्रतिबद्वता गरेका छन् । अब हाँसीहाँसी काम गर्ने बताउँदै उनले आफुलाई स्थानियको समसया थाहा भएकाले सो समस्या समाधान नहुन्जेल आफु फिल्डमै हिड्ने बताए ।

१०२ जना जनप्रतिनिधि निवार्चित भएका छन् ।