काठमाडौं – काठमाडौं महानगरपालिकाको ७० प्रतिशत मतगणना सकिएको छ । ३० प्रतिशत मत गन्न बाँकी रहँदा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले १८ हजार ५ सय ५९ मतको अग्रता लिएका छन् । १ लाख ३४ हजार ८७ मत गन्दा बालेनले ४५ हजार ९ सय ८२ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT


उनलाई पछ्याइरहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले २७ हजार ४ सय २३ मत प्राप्त गरेकी छिन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २६ हजार ४ सय ५४ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


अहिले वडा नम्बर ९, १०, १३, १४, १५, २०, २१, २२ र २६ नम्बर वडाको मतगणना जारी छ । उपमेयरमा भने नेकपा एमालेकी सुनिता डंगोलको अग्रता कायमै छ ।