काठमाडौँ– नेपाल आयल निगमले छोटो अवधिमा नै पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले घोर भत्सर्ना गरेको छ ।


ADVERTISEMENT


अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले सोमबार एक विज्ञप्ति जारी गर्दै निगमले आइतबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल तथा ग्यासमा मुल्यवृद्धि गरेकोमा आपत्ती जनाएका हुन् ।


ADVERTISEMENT

# # #


‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिसंगै देशैभर अब अतिआवश्यक वस्तु तथा सेवाको ढुवानी र लागत भाडा महँगिने निश्चित छ। जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका वस्तुहरुमा मूल्यवृद्धि गर्दै निगमले आफ्नो कमजोरी लुकाउन निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखी पटक-पटक मुल्य वृद्धि गर्ने कदमप्रति अनेरास्ववियु गम्भीर खेद व्यक्त गर्न चाहन्छौँ’, विज्ञप्तिमा उल्लेख छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले तमाम क्षेत्रको महंगाई बढ्न गई सेवाग्राही र सबै जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिनुपर्ने उनीहरुको माग छ । यस्तै, युनियनले मुल्यवृद्वि विरुद्ध मंगलबार राजधानीमा माइतीघरको मण्डलास्थित र उपत्यका बाहिर भने सदरमुकाम तथा उपयुक्त स्थानमा विरोध प्रदर्शन गर्ने भएको छ ।

यसका लागि युनियनले आन्दोलनमा सशक्त ढंगले उत्रन सम्पूर्ण जनसमुदाय एवम् आम नेता कार्यकर्ताहरुलाई आव्हान समेत गरेको छ ।