काठमाडौँ– जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष बाबुराम भट्टराईले काठमाडौँ महानगरका स्वतन्त्र मेयर उम्मेदवार बालेन साहलाई चम्किलो ताराको उपमा दिएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टाराईले साह उदाउँदै गरेको चम्किलो तारा भएको टिप्पणी गरेका हुन् ।


ADVERTISEMENT


‘बालेन साह, युवा जो चम्किलो ताराको रूपमा काठमाडौँ महानगरपालिकाको मेयरको रूपमा उदाइरहनु भएको छ । यो कुरा मलाई रोचक लागेको छ’, उनले भने । यस्तै, उनले साहलाई जनताको सकरात्मक र नकरात्मक दुवै किसिमको प्रतिक्रियाका लागि तयार रहन समेत सुझाव दिएका छन् ।


ADVERTISEMENT

# # #


उनले भनेका छन्, ‘त्यो भन्दा पनि मेरो उनलाई सुझाव चाहिँ के हुन्छ भने, राजनीतिक समाजसेवा, सामाजिक रूपान्तरण प्रक्रियामा लाग्ने मान्छेहरूले ढुङ्गा खान र पुष्प गुच्छा दुइटै खान तयार रहनु पर्छ । त्यसैले जनताले कहिले पुष्प गुच्छा पनि दिन्छन् त कहिले ढुङ्गाले पनि हान्छन् । यो कुरा बुझ्यो भने मात्रै जीवन सरल हुन्छ । काम सहज हुन्छ भन्ने मेरो बुझाई छ ।’