भरतपुर – भरतपुर महानगरपालिको मतगणना अन्तिम चरणमा पुगेको छ । ३ हजार मत मात्रै गणना हुन बाँकी रहँदा सत्ता गठबन्धनबाट प्रमुख पदमा उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालको फराकिलो मतान्तर कायमै छ ।


ADVERTISEMENT


अबको केही बेरमा दाहाल भरतपुर महानगरको प्रमुख पदमा पुनः निर्वाचित हुने निश्चित भएको छ । हालसम्मको मत परिणामअनुसार १ लाख २५ हजार ८४२ मत गन्दा दाहाल १२ हजार १ सय ४० मतले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीभन्दा अगाडि छिन् । दाहालले ५१ हजार १ सय १२ मत प्राप्त गर्दा सुवेदीले ३८ हजार ९ सय ७२ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी राप्रपाकी हिमला गुरुङभन्दा २१ हजारभन्दा धेरै मतले अगाडि छन् । अहिले २८ र २९ को गणना भैरहेको छ । वडा नम्बर २८ मा एमाले ११५ मतले अगाडि छ भने अन्तिम वडा २९ मा नेपाली कांग्रेसले ३७९ मतको अग्रता लिइरहेको छ ।