काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन (बालेन्द्र साह)ले फराकिलो मतअन्तरसहित अग्रता कायमै राखेका छन्।


ADVERTISEMENT


उनी दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा १८ हजार ८९७ मतले अगाडि छन् । बिहान साढे ५ बजेसम्मको अपडेटअनुसार बालेनले ४८ हजार ९२२ मत ल्याएका छन् भने दोस्रो स्थानमा रहेकी सिंहले ३० हजार २५ मत प्राप्त गरेकी छन्।


ADVERTISEMENT

# # #


यस्तै, एमालेका केशव स्थापित २९ हजार १५९ मतसहित तेस्रो स्थानमा रहेका छन्। अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ७ हजार ६५४ मत प्राप्त गरेका छन् । अब ४४ हजार ७१७ मत गन्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।