काठमाडौं – महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले २० हजार ७४३ काे मतान्तर बनाएका छन् । गणनारत पाँचै वडामा अग्रता लिइरहेका साहले जित सुनिश्चित गरेका हुन् ।


ADVERTISEMENT


बिहान ६ बजेर तीस मिनेटसम्मको नतिजालाई हेर्ने हो भने बालेनको जित सुनिश्चित भएको छ । बालेन ५४ हजार ७१८ मत पाउँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ६०८ मत ल्याएकी छन् । यस्तै नेकपा एमालेका केशव स्थापितले ३३ हजार ९७५ मत ल्याएका छन् ।


ADVERTISEMENT

# # #


२२ हजार ५६४ मत गणना बाकी हुँदा साहले फराकिलो मतान्तरसहित अग्रतालाई निरन्तरता दिएका हुन् । वैशाख ३० गते मतदान पश्चात थालिएको मतगणनाको आज १२ औं दिन हो । मतगणना जारी छ। १२ प्रतिशत मत गन्न बाँकी हुँदा अब दुई हजार मात्र मत ल्याएको खण्डमा उनको जित सुनिश्चित भएको हो ।