काठमाण्डौं-बहुदरामाई नगरपालिकामा बेपत्ता बालक चार दिनपछि मृत भेटिएका छन् । स्थानीय सञ्जय साह तेलीका छोरा १० वर्षीय सुमितकुमार नगरदाहा गाउँनजिकै रहेको पोखरीको डिलमा शनिबार बेलुकी मृत फेला परेका हुन् ।


ADVERTISEMENT


पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले भने पोखरीमा डुबेको अवस्थामा सुमितको शव भेटिएको बताएका छन् । सुमित यही मंसिर १३ गते परिवारबाट सम्पर्कविहीन भएका थिए ।


ADVERTISEMENT

# # #


प्रहरी उपरीक्षक रेग्मीले शव पोस्टमार्टमका लागि आइतबार नारायणी उपक्षेत्रीय अस्पताल पठाइएको जानकारी दिए । पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको कारण यकिन हुने उनको भनाइ छ ।

अभिभावकले सुमित हराएकै दिन इलाका प्रहरी कार्यालय सुगौलीमा खोजीका लागि निवेदन दिएका थिए । खोजीका लागि निवेदन दिए पनि प्रहरीले खोजतलासका लागि चासो नदिँदा सुमितको ज्यान गएको आरोप सुमितका अभिभावकले लगाएका छन् ।

घटना शंकास्पद देखिएकाले गम्भीर ढंगले अनुसन्धान सुरु गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।