काठमाण्डौं-डोटीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन् । ३ जना गम्भीर घाइते र ५ जना सामान्य घाइते भएका छन् । आइतबार दिउँसो १ः३० बजे दिपायलबाट आदर्श गाउँपालिकातर्फ जाँदै गरेको से १ त ८८१ नम्बरको ट्रयाक्टर दिपायल सिलगढी नगरपालिकाको वडा नं. १, तिखामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।


ADVERTISEMENT


घाइते हुने सबै कैलाली जिल्ला निवासी रहेको प्रहरीले जनाएको छ । मजदुरीका लागि आएका उनीहरु सबै थारू समुदायका हुन् । कामको लागि ग्रामिण भेगतिर जाँदै गरेका उनीहरु चढेको गाडी दुर्घटनामा परेका हो । घाइतेहरूको उपचार शैलेश्वरी अस्पताल दिपायलमा भइरहेको छ भने गम्भीर घाइते चालकलाई नेपालगञ्ज रिफर गरिएको छ ।


ADVERTISEMENT

# # #


३० बर्षका चालक बिनोद चौधरी, २८ का लालबहादुर थारू, २९ का रामसिं चौधरी गम्भीर घाइते भएका छन् भने घाइते हुनेहरूमा २० का अनिश चौधरी, २३ का बिजय चौधरी, २६ का बिष्णु चौधरी, २२ का लक्ष्मण चौधरी रहेका छन् भने एक जनाको नाम खुल्न सकेको छैन् ।