काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले ल्याएको बजेट विशुद्ध चुनावमूखी र मत माग्ने हिसाबले ल्याएको निष्कर्ष निकालेको छ ।


ADVERTISEMENT


संसद भवन नयाँ बानेश्वरमा सोमबार बसेको एमाले संसदीय दलको बैठकले ५ महिना अवधि रहेको सरकारले यथार्थको धरातलमा नटेकि चुनावमुखी र मत माग्ने हिसाबले बजेट ल्याएको निष्कर्ष निकालेको हो । सरकारले २५ वर्षको पुरा नहुने योजना ल्याएको र यसले बजेटको जवाफदेहीतामा पनि प्रश्न उठ्ने गरि सरकारले बजेट ल्याएको बैठकपछि एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।


ADVERTISEMENT

# # #


बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले तर्कसंगत हिसावले अध्ययनशील भएर प्रस्तुत हुन निर्देशन दिएका थिए । त्यस्तै ओलीले गलत र अनुचित कुरालाई जनतामाझ भण्डाफोर गर्न लिएर जाने गरि प्रस्तुत हुन निर्देशन दिएको भट्टराईले बताए ।

बैठकमा पार्टीका पूर्व अर्थमन्त्रीहरु, बिज्ञ, योजना आयोगका उपाध्यक्ष लगाएतको सहभागीता रहेको थियो ।