काठमाण्डौं-सार्क भिलेजका रुपमा परिचित लमजुङको घलेगाउँका बासिन्दाले घरमै बसीबसी हजारौं कमाउन थालेका छन् । घलेगाउँमा सञ्चालित होमस्टे नै गाउँलेहरुको भरपर्दो आम्दानीको श्रोत बनेको छ ।


ADVERTISEMENT


६ देखि १० जना पर्यटक बस्न मिल्ने हरेक होमस्टेले मासिक ८० हजारसम्म आम्दानी गर्ने गरेको क्व्होलासोंथर गाउँपालिकाका अध्यक्ष प्रेम घलेले जानकारी दिए । अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रभित्र पर्ने घलेगाउँमा जाने पर्यटकमध्ये आधाभन्दा बढी आन्तरिक पर्यटक हुने गरेको उनले बताए ।


ADVERTISEMENT

# # #


विगत ४ महिनामै त्यहाँ करीब ५ हजार आन्तरिक पर्यटक भित्रिएका छन् । सदरमुकाम बेंसीसहरदेखि २६ किलोमीटर र काठमाडौंदेखि १ सय ७५ किलोमीटरको यात्रामा पुगिने घलेगाउँबाट माछापुच्छ्रे, अन्नपुर्ण, हिमालचुली, मनास्लु, बौद्ध लगायतका हिमचुचुराहरु अवलोकन गर्न सकिन्छ ।

वि.सं. २०५७ मा पहिलोपटक महोत्सवबाट ग्रामीण पर्यटन प्रवद्र्धनका कार्यक्रम संचालन गरेको घलेगाउँ अहिले पर्यटकीय गन्तब्य बनेको ग्रामीण पर्यटन ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रेम घलेले बताए ।

फिल्म तथा म्युजिक भिडियोका लागि घलेगाउँ धेरैको गन्तव्य बन्ने गरेको छ ।