काठमाण्डौं-उम्मेदवारले बाटो, बिजुली, खानेपानीजस्ता पूर्वाधार विकासको नारा लिएर भोट माग्ने गर्छन् । तर, प्रदेश ५ अन्तर्गत पश्चिम नवलपरासीका प्रतिनिधिसभाका उम्मेदवारले उखु खेतीलाई एजेन्डा बनाएका छन् ।


ADVERTISEMENT


उनीहरू उखु खेतीमा अनुदान दिने र मूल्य बढाउने आश्वासनसहित किसानसित भोट माग्ने गरेका हुन् ।


ADVERTISEMENT

# # #


मतदाताले पनि आफ्ना उम्मेदवारसित बाटो, बिजुलीको माग प्राय गर्दैनन् । उनीहरूले बाटो बिजुलीभन्दा पनि उखु खेतीको व्यवस्थित मूल्य र यसका लागि आवश्यक मल, बीउको बन्दोबस्त गरीदिनेलाई भोट दिने बताउँछन् ।

यस क्षेत्रका ७० प्रतिशतभन्दा बढी किसानको आम्दानीको मुख्य स्रोत उखु हो । हरेक चुनावमा यहाँका उम्मेदवारले उखु खेतीमा राजनीति गरेर भोट मागे पनि हालसम्म किसानको समस्या भने हटेको छैन ।

सरकारले उखु खेतीलाई राष्ट्रिय बाली घोषणा गरे पनि समयमा मूल्य निर्धारण नहुँदा बर्सेनि एउटै समस्या बल्झिरहेको छ ।