काठमाण्डौं-इटालियन सिरी ए फुटबलको इतिहासमा एक गोलकिपरले बिर्सन नसकिने इतिहास बनाएका छन् ।


ADVERTISEMENT


पहिलो पटक इटालीको शीर्ष लिग सिरी ए खेलिरहेको बेनेवेन्तोले गोलरक्षकको गोलबाट लिगमा पहिलो अंक जोडेर इतिहास बनाएको हो । पहिलो पटक सिरी ए खेलिरहेको वेनेवेन्तोले लिगका १४ खेलसम्म आउँदा एक अंक पनि जोड्न सकेको थिएन । तर लिग अन्तर्गत आइतबार राति भएको खेलमा बलियो टिम एसी मिलानलाई २–२ को बराबरीमा रोक्दै बेनेवेन्तोले लिगमा पहिलो अंक जोडेको हो ।


ADVERTISEMENT

# # #


खेलको इन्जुरी समयसम्म २-१ ले पछि परेको बेनेवेन्तोका लागि इन्जुरी समयको पाँचौं मिनेटमा गोलरक्षक अल्बर्टो ब्रिग्नोलीले हेड मार्फत गोल गर्दै टिमलाई हारबाट जोगाए र क्लबलाई ऐतिहासिक एक अंक दिलाए। यसअघि खेलको ३८ औं मिनेटमा एसी मिलानका लागि बोनावेन्तुराले गोल गर्दै खेलमा अग्रता लिएको थियो। पहिलो हाफ १-० ले अघि रहेको एसी मिलान दोस्रो हाफको ५० औं मिनेटमा बेनेवेन्तोका लागि पुस्कासले गोल गरेपछि बराबरीमा फर्कियो।

खेलको ५७ औं मिनेटमा एसी मिलानका लागि केलिनिकले गोल गरेपछि २-१ ले अघि रहेको मिलान लगभग जित नजिक थियो। निर्धारित ९० मिनेटसम्म २-१ले अघि रहेको मिलान इन्जुरी समयको अन्तिम मिनेटमा अप्रत्यासित गोल खाँदै अंक बाढ्न बाध्य भयो। यसअघि ७५ औं मिनेटमा रोमाग्नोली दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एसी मिलान १० खेलाडीमा सीमित भएको थियो।