काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला  ९७ हजार २०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला ८०० रुपैयाँले घटेको हो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला  ९७ हजार ५०० रुपैयाँ थियो ।


ADVERTISEMENT

# # #


त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला  २० रुपैयाँले घटेर  एक हजार २५० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८३१ डलर आसपास कारोबार भइरहेको छ ।