वासिङ्टन – अमेरिकाको डिसी महानगर क्षेत्रको स्प्रिङ्गस फिल्डमा नायक राज बल्लभ कोइरालाको विवाह सम्पन्न भएको छ ।


ADVERTISEMENT


आइतबारका दिन नायक कोइरालाको लामो समयदेखि प्रेममा रहेका आफ्नी प्रेमिका प्रतिमा बिमलीसँग लगनगाँठो कसेका हुन् । बेहुली जीव चिकित्सा अभियन्ता (बायो मेडिकल ईन्जिनियर) हुन् ।


ADVERTISEMENT

# # #


उक्त वैवाहिक कार्यक्रममा डिसी महानगरका नेपाली समुदायका नायकका नजिकका आफन्त ,नातेदारसँगै शुभचिन्तक, साहित्यकारसमुदाय सदस्य तथा कलाकारहरूको उपस्थिती रहेको थियो ।

नायक कोईरालाले दुई महिना अगाडी विवाह गर्ने तय भएको सामाजिक सञ्जालमा लेखेका थिए ।