काठमाडौँ– आज जेठ १९ अर्थात् दरबार हत्याकाण्डको त्यो कालो दिन । तत्कालीन राजा वीरेन्द्र शाहको रहस्यमय रुपमा भएको वंशनाशको आज २१ वर्ष पूरा भएको छ ।


ADVERTISEMENT


वि.सं २०५८ सालमा राजदरबार भित्रै राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरु श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाह गरी एकै प्रकरणमा १० जनाको सामूहिक हत्या भएको थियो ।


ADVERTISEMENT

# # #


सम्पूर्ण देशवासीलाई रुवाउदै अभिभावक खोसिएको त्यो कहालीलाग्दो रातलाई नेपालमा कालो दिनको रुपमा समेत व्याख्या गरिएको छ । त्यसबेला घटनाबारे छानबिन तथा सत्यतथ्य खोजका लागि तत्कालिन समिति गठन गरिएको भनिएपनि आजका दिनसम्ममा पनि त्यसको रहस्य बाहिर ल्याउन सकिएको छैन ।

देशले आफ्नो शिरमाथिको छत गुमाएको २ दशकभन्दा बढी समय बितिसक्दा पनि सो घटना अझै रहस्यमय रुपमा अनुमानभित्रै विलिन छ । हाल नेपालमा राजसंस्था नै अन्त्य भएर लोकतन्त्र आएको लामो समय भइसकेको छ । तर, अझै पनि उक्त घटनाको उचित छानबिन नभएका कारण आम जनतामा भने असन्तुष्ट कायमै छ । हाल हत्याकाण्ड भएको नारायणहिटी दरबारलाई भने सरकारले संग्राहलय बनाएर सर्वसाधारणका लागि खुला गरेको छ ।

राजपरिवारको शवयात्रामा उर्लिएको जनसागर ।

राजा वीरेन्द्रको वशं नाशपछि त्यसबेला उनका माइला भाई ज्ञानेन्द्र शाह राजा बने । यद्यपि उनको कार्यकाल सञ्चालनको ७ वर्षपछि नै नेपालमा राजतन्त्र ढलेर गणतन्त्रको स्थापना भयो । जसकारण पनि उनी नेपालको अन्तिम राजामा सुचीबद्व भए ।