काठमाडौं – पेट्रोलियम पदार्थ महँगो बन्दै गइरहेको समयमा इलेक्ट्रिक स्कुटरमा नयाँ र आकर्षक स्किमहरु आउन थालेका छन् । यसै सन्दर्भमा लेभ्निङ इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले ‘तपाईको गोजीमा कति छ ?’ ट्यागलाइनका साथ आकर्षक स्किम ल्याएको छ ।


ADVERTISEMENT


यस अनुसार कम्पनीले ‘१० हजार ल्याउनुहोस्, लेभ्निङ स्कुटर लानुहोस् ’ योजना ल्याइएको छ । १०००० मा फाइनान्सका साथ उपलब्ध हुने यो प्रभावकारी हुनसक्ने कम्पनीको भनाइ छ ।


ADVERTISEMENT

# # #


यसका लागि फाइनान्स पार्टनरको रुपमा ललितपुरको लगनखेलमा अवस्थित गतिशील बचत तथा ऋण सहकारी संस्थाले ग्राहकलाई आवश्यक फाइनान्स सुविधा उपलब्ध गराउने बताइएको छ । ग्राहकलाई १२ ,१८ र २४ महिना सम्मका लागि फाइनान्स सुविधा उपलब्ध हुने कम्पनीको भनाइ छ ।