काठमाडौँ– ओखलढुंगाको चिशंखुगढी गाउँपालिका वडा नं ५ नेत्र भट्टराई ‘अनिल’ को उडान जोकोहीका लागि प्रेरणादायिक बन्न सक्छ । करिब ३ वर्षअघि मात्रै वडा कार्यालयको कार्यालय सहयोगीको रुपमा जनसेवामा प्रवशे गरेका उनीे छोटो समयमा नै वडाध्यक्षसम्मको यात्रा तय गर्न सफल भएका छन् । उनी स्थानिय चुनाव २०७९ मा आफु कार्यालय सहयोगी भएकै वडाअध्यक्षका रुपमा निर्वाचित भएका हुन् ।


ADVERTISEMENT


आखिर को हुन् नेत्र ?


ADVERTISEMENT

# # #


सामान्य घरपरिवारमा जन्मिएका नेत्रका पिता लक्ष्मी भट्टराईले पनि आफ्नो जीवनको २५ वर्ष कार्यालय सहयोगी बनेर बिताएका थिए । बाबुको सो २५ वर्षको कार्यालय सहयोगी अवधि सकिएपश्चात् भने नेत्रले सोहि वडामा कार्यालयको सहयोगीका रूपमा तीन वर्ष अघि काम गर्ने अवसर पाएका थिए ।

एसएलसी पास गरेर प्लस टु उत्तीर्ण नहुँदै ५–६ वर्ष वैदेशिक रोजगारीमा केही देश डुलेका उनले गाउँफर्केपछि आफै यातायात व्यवसाय सुरु गरेका थिए । यद्यपि बुवाको वचन त्याग्न नसकेपछि उनले वडामा कार्यालय सहयोगी बनेर काम गर्न थाले ।

वडाबाट हुने हरेक सेवाबाट नागरिकलाई वञ्चित गर्नु हुँदैन भनेर उनले वडा सचिव र वडाअध्यक्ष समेत नहुँदा निरन्तर जनसेवामा तल्लीन रहने उनको कामबाट धेरैजना प्रभावित भए । सोहि प्रभावितमध्येका केहि व्यक्तिले उनलाई नजिकिदैँ गरेको निर्वाचनमा होमिन सुझाए । नभन्दै जनतालाई अझै उचित सेवा दिने ध्येयले उनले वडाध्यक्षमा लड्ने विचार गरे र, अन्ततः उनी सफल पनि भए ।

जब निर्वाचनको रौनक सुरु हुन थाल्यो तब सम्भावित उम्मेदवारको चर्चा पनि हुन थाल्यो । भट्टराई गाउँमा हुने राजनीतिक छलफलमा सामान्य रूपमा सहभागी पनि हुन थाले ।

जुन कार्यालयमा उनी सहयोगी थिए, अहिले त्यही वडाको अध्यक्ष बने । उनलाई त्यहाँका जनताले मत दिएर कार्यालय सहयोगीबाट एकै पटक नेतृत्व गर्ने ठाउँमा पुर्‍याइदिएका छन् ।

भट्टराई नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षको उम्मेदवार पनि बने र जित निकाले । भट्टराई जस्तै दाङको राप्ती गाउँपालिका वडा नं। ८ का कार्यालय सहयोगी चन्द्रबहादुर गुरुङ पनि वडाध्यक्षमा निर्वाचित भएका छन् ।