विराटनगर – मोरङमा ६ हजारभन्दा बढी कर्मचारी निर्वाचनमा खटिने भएका छन् ।


ADVERTISEMENT


मोरङको ६ वटा निर्वाचन क्षेत्रअन्तर्गत ७५८ वटा मतदान केन्द्रका लागि ६ हजार ६४ कर्मचारी खटिने निर्वाचन आयोगका कार्यालय विराटनगरले जनाएको छ । मोरङको क्षेत्र नं १ को १२७ वटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारी गरी एक हजार १६, सोही अनुरुप क्षेत्र नं २ को १३८ वटा मतदान केन्द्रमा एक हजार १०४ जना परिचालन हुने भएका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै, क्षेत्र नं ३ को १४३ वटा मतदान केन्द्रमा एक हजार १४४ जना कर्मचारी खटिनेछ । त्यस्तै, क्षेत्र नं ४ को ११४ वटा मतदान केन्द्रमा ९१२, क्षेत्र नं ५ को १०६ मतदान केन्द्रमा ८४८ र क्षेत्र नं ६ को १३० मतदान केन्द्रमा एक हजार ४० जना कर्मचारी परिचालन हुने भएका छन् ।