काठमाण्डौं-प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरण निर्वाचन तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । बिहीबार तराई, भित्री मधेस र पहाडको तल्लो भेगका गरी ४५ जिल्लामा चुनाव हुँदैछ । दोस्रो चरणको चुनावमा १ करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाताले मत दिँदैछन् ।


ADVERTISEMENT


सातवटै प्रदेशमा हुन लागेको चुनावका लागि तयारी पूरा भई मतदान केन्द्र बनाउन कर्मचारी मतदान केन्द्र पुगिसकेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताए ।‘शान्तिसुरक्षाको प्रत्याभूति हुनेगरी चुनाव गर्दैछौं,’ प्रमुख आयुक्त यादवले भने, ‘मतदाता सुरक्षित छन्, मतदान स्थल सुरक्षित छन् । ढुक्क भएर मतदानको वातावरण बनेको छ ।’


ADVERTISEMENT

# # #


दोस्रो चरणको चुनाव सकिएपछि २१ गते बेलुकी ५ बजेपछि पहिलो चरणको चुनावको मतगणनाको काम सुरु हुने यादवले बताए ।

चुनाव प्रचारप्रसारका लागि दल र उम्मेदवारलाई सोमबार अन्तिम दिन हुनेछ । निर्वाचनमा ५२ वटा संस्थाका ४५ हजार राष्ट्रिय पर्यवेक्षकले चुनावको पर्यवेक्षण गर्ने अनुमति आयोगले दिइसकेको छ । ४ सयजना अन्तर्राष्ट्रिय पर्यवेक्षकले पर्यवेक्षणको अनुमति लिइसकेका छन् ।