काठमाडौँ – नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको १ हजार ४ सय १३ पीसीआर परीक्षणका क्रममा ११ जना र १ हजार १ सय ८२ एन्टीजेन परीक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन ।


ADVERTISEMENT

# # #


त्यस्तै थप ८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय १० जना निको भएका छन् । हाल नेपालमा १ सय १ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।