काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको गठबन्धनबीचको चूनावी तालमेलमा आशंका नगर्न आग्रह गरेका छन् ।


ADVERTISEMENT


शुक्रबार भक्तपुरमा स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट विजयीहरुलाई बधाई तथा सम्मान कार्यक्रममा शर्माले चूनावमा तालमेल प्रभावकारी भएको भन्दै आशंका नगर्न आग्रह गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तालमेलकै कारण केहि सिटमा जीत हासिल गरेको तर्क राखे । शर्माले सबै स्थानीय तहमध्ये केहिमा मात्र तालमेल भएको भन्दै तालमेलमा हल्ला धेरै भएको जिकिर गरे । उनले स्थानीय तहमा प्रभावकारी रुपमा काम गर्न जनप्रतिनिधिलाई सुझाव दिए ।

उनले मुलुकको विकासका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भन्दै पाँच बर्षको कार्यकालको सहि रुपमा उपयोग गर्न पनि निर्देशन दिए ।