चितवन– भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपालका लागि इजरायली राजदूत हानन गोदारबीच भेटवार्ता भएको छ । महानगरपालिकामा आज दुई देशबीचको सहकार्यबारे भेटवार्ता तथा छलफल भएको हो ।


ADVERTISEMENT


भेटका क्रममा महानगरपालिका प्रमुख रेनु दाहालले नेपालको अर्थतन्त्रको मुख्य आधार कृषि भएकाले इजरायली कृषि प्रविधि बढीभन्दा बढी प्रयोग गर्न चाहेको बताएकी छन् ।


ADVERTISEMENT

# # #


यस्तै, उनले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरलाई रिसर्च सेन्टरका रुपमा विकास गर्न दुई देशबीच सहकार्य गर्न इच्छुक रहेको पनि उल्लेख गरिन् ।

चितवन कृषिमा अब्बल मानिन्छ । चितवन पोल्ट्री, दूध, केरा, मह, मासुमा आत्मनिर्भर छ । चितवन पोल्ट्रीको राजधानी भनेर परिचित छ । भरतपुर महानगरलाई कृषिको केन्द्रका रुपमा विकास गर्न विषेश कार्यक्रम ल्याइएको छ ।

चितवन कृषि उत्पादन तथा बजारका दृष्टिले महत्वपूर्ण ठाउँ भएकाले भगिनी सम्बन्ध कायम गर्न चाहेको दाहालले विचार व्यक्त गरे । भरतपुर सुन्दर, सफा, हराभरा सहरका रुपमा विकास गर्न र कृषिमा रोजगारी सिर्जना गर्न दुई देशबीच सहकार्य अपरिहार्य रहेको दाहालको भनाई छ ।

इजरायली राजदूत हानन गोदारले भरतपुरको कृषि क्षेत्रको विकासका लागि आफू सकारात्मक रहेको बताए । उनले इजरायबाट धेरै नेपालीले कृषि ज्ञान लिएर नेपालमा कृषि क्षेत्रमा अगाडि बढेको भन्दै खुसी व्यक्त गरे । इजरायल छोटो समयमा कृषिमा आधुनिकीकरण गरी धेरैभन्दा धेरै रोजगारी प्रदान गर्ने देशका रुपमा परिचित छ ।