परासी– नेपालि कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व गृहराज्य मन्त्रि देवेन्द्रराज कण्डेलले त्रिवेणी धामलाई प्रदेश नम्बर ५ मा फर्काउने प्रतिबद्धता व्यक्त गरेका छन् । नवलपरासीको सदरमुकाम परासीमा कांग्रेसद्धारा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता कण्डेलले त्रिवेणी धामलाई प्रदेश ४ बाट प्रदेश ५ मा ल्याएरै छाडने बताए ।


ADVERTISEMENT


साविक त्रिवेणी गाविस प्रदेश नम्बर ४ परेकाले त्रिवेणी धाममा पनि उतै परेकोमा चिन्ता व्यक्त गरे । उनले भने, जिल्लाका हिन्दु समुदायका जनताहरु मृत्युहुँदा त्रिवेणी धाममै लगेर दाहाशंसार गर्नु पर्ने भएकाले सो क्षेत्रका लागि केन्द्रमा लडेर भएपनि प्रदेश ५ मा ल्याउने प्रतिवद्धता जाहेर गरे ।


ADVERTISEMENT

# # #


नेता कण्डेल नवलपरासीको (बर्दघाट सुस्ता पश्चिम) प्रतिनिधि सभा २ मा प्रतिनिधि सभा सदस्य (सांसद) पदका उम्मेदवार पनि हुन् । सभामा नेता कण्डेलले, यस क्षेत्रको चौतर्फि विकासमा आफनो ध्यान केन्द्रित रहेको बताए । उनले भने, यस जिल्लामा रहेको महेसपुर नाकालाई मुल भन्सार बनाउने, कलकत्ता बन्दरगाहबाट नजिक पर्ने नाका महसपुरबाट सुनवल, महलपोखरी हुदै पोखरा जोडने फास्ट्राको निर्माण गराउने बताए । जिल्लाको आर्थिक, सामाजिक र भौतिक विकासका लागि उनले भने, यहाँको पर्यटनको विकास गर्ने, कृषिमा आधुनकिरण गरि कृषिलाई व्यवसायिक बनाउने, औद्योगिक विकास गरि युवा रोजगार बढाउने र शिक्षा स्वास्थको विकास गरि जिल्लालाई नमुना जिल्ला बनाउने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैबिच नेपालका प्रतिष्ठित उद्योगपति विनोद चौधरीले देशमा विकासको राजनिति आवश्यक रहेको बताएका छन् । लोकतन्त्र र अर्थतन्त्रको नजिकको सम्बन्ध रहेको भन्दै चौधरीले, देशमा लोकतन्त्र स्थापित गर्न र देशलाई समृद्ध बनाउन देशमा विकासको राजनिति आवश्यक रहेको बताए । उनले भने, देशमा अधिकांश राजनितिक मुद्दा सामाधान भैसकेका छन् अब देशमा विकासको आवश्यक्ता रहेकाले, नेपाली कांग्रेस विकासको स्पष्ट खाका बनाई अगाडी बढेको हुँदा सबै नेपाली जनताले कांग्रेसलाई सहयोग आग्रह गरे । बिनोद चौधरी नवलपरासी (बर्दघाट सुस्ता पुर्व) कांग्रेसबाट सामानुपातिकमा प्रतिनिधि सभा सदस्य पदको उम्मदेवार पनि हुन्
त्यसैबिच सभा सम्बोधन गर्दै राजप्रपाका महामन्त्रि धुर्व बहादुर प्रधानले देशमा लोकतन्त्र जोगाउन आवश्यक रहेको बताए । लोकतन्त्र र नेपाली जनताको स्वतन्त्रता जोगाउन निर्माण गरि लोकतान्त्रिक गठबन्धनले यस देशको विकास गर्न सक्ने दावी गरे ।

सभामा नेपाली कांग्रेसक कार्यबाहक सभापति अर्जुन कुमार पोख्रेल, सह अध्यक्ष सुबाषचन्द्र गिरी, नेता अनिल गौड, नेता राधेश्याम पाठक, प्रदेश सभा २ का उम्मदेवार बैजनाथ जयसवाल, जिल्ला सचिव विक्रम यादव, जिल्ला सचिव गजानन्द पटेल, रामग्राम नगरपाकिला प्रमुख नरेन्द्र कुमार गुप्ता, सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी, पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष पवित्रा कोहार, कांग्रेसको नगरसभापति नारायण रेग्मी लगायतले नेपाली कांग्रेसलाई बिजयी बनाउन आग्रह गरेका थिए । सभामा जिल्लाको विभिन्न क्षेत्रबाट दुई हजार भन्दा बढि जनसंख्याको सहभागिता रहेको थियो