लमजुङ– लमजुङ–गोरखा सिमानामा पर्ने मनास्लु आरोहण गरेर लमजुङबाट बाहिरिने पर्यटकको संख्यामा वृद्धि भएको छ ।मनास्लु आरोहणको लागि गोर्खाबाट प्रवेश गरेका पर्यटक लमजुङबाट बाहिरिनेको संख्यामा वृद्धि भएको हो ।


ADVERTISEMENT


आठ हजार १६३ मिटरको उचाइमा रहेको मनास्लु आरोहण गर्नेमध्ये अधिकांश पर्यटक थोरङला पास गर्न जाने गर्दछन् । तर पछिल्ला वर्षमा थोरङला पास नगरी मनाङको धारापानीबाटै लमजुङ भएर बाहिरिनेको संख्यामा वृद्धि भएको पर्यटन सूचना केन्द्र खुदीका कर्मचारी वासुदेव न्यौपानेले बताए ।


ADVERTISEMENT

# # #


पर्यटन सूचना केन्द्रका अनुसार यस वर्ष पाँच हजारको हाराहारीमा पर्यटक लमजुङबाट बाहिरिएका छन् । गत अक्टोबर महिनामा मात्रै एक हजार ४५१ पर्यटक लमजुङबाट बाहिरिएको तथ्यांक छ ।

सोमध्ये केही पर्यटक भने लमजुङबाट नै प्रवेश गरी मनाङ पुगेर फर्किएको बताइएको छ । मनास्लु हिमाल आरोहणका लागि लमजुङबाट जाने अनुमति दिइएको भए पनि खासै पर्यटक आउने गरेका छैनन् ।

मनास्लु आरोहणको लागि यहाँबाट भएर आरोहण गर्न बाटो छोटो र सजिलो भए पनि प्रचारप्रसार हुन नसक्दा पर्यटक आगमनमा वृद्धि हुन नसकेको पर्यटन व्यवसायी बताउँछन् ।