काठमाडौं – नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले आफ्नो पार्टीका तर्फबाट सरकारमा गएका मन्त्री फेर्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको छ । नेकपा एसबाट सरकारमा मन्त्री बनेका केही नेताले आफूहरूले पद नछाड्ने बताएपछि पार्टीमा विवाद उत्पन्न भएको हो ।


ADVERTISEMENT


नेकपा एसबाट मन्त्री बनेका विरोध खतिवडा, प्रेम आले, किसान श्रेष्ठले आफूहरू सो पदबाट नहट्ने बताएका छन् । उनीहरूले आफूहरूले राम्रो काम गरेको दाबी गर्दै तत्कालै मन्त्रीबाट हट्नुपर्ने कारण नभएको बताएका छन् ।


ADVERTISEMENT

# # #


नेकपा एसको आइतबार बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले यो निर्णयलाई अन्यथा नलिईकन अन्य साथीलाई पनि सरकारमा पालो दिनुपर्ने बताएका थिए ।

मन्त्री खतिवडाले भने अहिले नै मन्त्रीबाट हट्नुपर्ने कारण नभएको र मन्त्री पद आलोपालो प्रणालीमा चल्ने विषय नभएको बताएका थिए। तर अध्यक्ष नेपालले उनको कुरा सुनेनन् ।

उनले पार्टीले सरकारमा नयाँ मन्त्रीका रूपमा पठाउन लागेका नेताहरूलाई इज्जत राखेर काम गर्न निर्देशन दिएका थिए। आजको नागरिक दैनिकबाट ।