काठमाडौं – नेपाली भान्छामा प्रयोग भइरहने अचुक औषधि हो ल्वाङ ।  ल्वाङले खानाको स्वाद बढाउनुका साथै स्वास्थ्य पनि राम्रो राख्छ । आयुर्वेदिक गुण भरपूर भएकाले ल्वाङलाई औषधि बनाउन पनि उपयोग गरिन्छ । यहाँ ल्वाङका फाइदाका विषयमा चर्चा गरिन्छ ।


ADVERTISEMENT


एसिडिटी भगाउँछ
पेटमा एसिडिटी हुँदा ल्वाङले फाइदा गर्छ । एक कप पानी उमाल्नुस् । त्यसमा दुईवटा ल्वाङ पिँधेर त्यसको धूलो राख्नुस् । पानीको रंग परिवर्तन भएपछि आगो निभाउनुस् । पानी सेलाएपछि पिउनुस् ।


ADVERTISEMENT

# # #


दाँतको पीडाबाट मुक्ति
दुईवटा ल्वाङ पिँधेर धूलो बनाउनुस् र त्यसमा एक चम्चा कागतीको रस राखेर दाँतमा दल्नुस् ।

सासको दुर्गन्ध हटाउँछ
खाना खाएपछि दुईवटा ल्वाङ र सानो अलैंची एकैपटक चपाउँदा सासको दुर्गन्ध हराउँछ । अनि पाचन तन्त्र पनि बलियो हुन्छ ।

रुघाखोकी टाढै बस्छ
रुघाखोकी लाग्दा दुईवटा ल्वाङलाई तुलसीका पाँचवटा पातसँग राखेर एक कप पानीमा उमाल्नुस् । त्यसमा आवश्यकताअनुसार मह मिसाउँछन् । यस मिश्रणलाई चिसो पारेर सेवन गर्दा फाइदा हुन्छ ।

मुखमा आएको फोका हटाउँछ
कहिलेकाहीँ मुखभित्र फोका निस्केर हैरान पार्छ । दुईवटा ल्वाङलाई हलुका भुटेर मुखमा राख्नुस् । अनि मुखमा र्‍याल बनेपछि थुकिरहनुस् । फोकाबाट चाँडै मुक्ति पाउनुहुन्छ ।

तनाव घटाउँछ
तनाव भएको अवस्थामा दुईवटा ल्वाङ, तुलसी र पुदिनाका आठवटा पात र सानो अलैंची पानीमा उमाल्नुस् । तयार भएको मिश्रण पिएपछि मन शान्त हुन्छ र तनाव घट्छ ।

टाउको दुखेकोबाट मुक्ति
टाउको दुखेको बेलामा दुईवटा ल्वाङ र अलिकति कपूर पिँध्नुस् । धूलोलाई एक चम्चा नरिवलको तेलमा मिसाएर टाउकोमा हलुका हातले मालिस गर्नुस् ।