काठमाडौँ – काठमाडौंको वनस्पति विभागमा एकीकृत प्रयोगशाला सञ्चालनमा आएको छ ।


ADVERTISEMENT


सोममबार वातावरण दिवसको अवसरमा वनस्पति विभाग परिसरमा निर्मित एकीकृत प्रयोगशाला भवनको वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले उद्घाटन गरे । छ तल्ले अत्याधुनिक प्रयोगशालामा वनस्पतिहरुको अध्ययनर अनुसन्धान गरिने विभागले जनाएको छ ।


ADVERTISEMENT

# # #


प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री यादवले स्वच्छ वातावरणमा बाच्न पाउने नागरिकको मौलिक हक प्रत्याभूतका लागि सरकारले आवश्यक नीति कानून र कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा ल्याएको बताए । विकास आयोजनाहरुलाई अघि बढाउदा बातावरणमा पर्ने असरको रोकथाम र न्युनीकरण गर्ने गरी काम गर्ने गरिएको उनले बताए ।

एकीकृत प्रयोगशाला १५ करोड लागतमा निर्माण भएको विभागले जनाएको छ ।