काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले मन्त्री हेरफेरको निर्णय सम्बन्धित पार्टीको भएको दाबी गरेका छन् ।


ADVERTISEMENT


सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै नेता खनालले मन्त्री फिर्ता बोलाउने कुरामा पार्टी सार्वभौम रहेको जिकिर गरेका हुन् । एकीकृत समाजवादीले आइतबार आफ्नोपार्टीबाट मन्त्री बनेका ४ जनालाई फिर्ता बोलाउँदै नयाँ ४ जनाको नाम प्रधानमन्त्रीलाई बुझाएको थियो । तर, त्यसमा प्रधानमन्त्रीले सकारात्मक भएका थिएनन् ।


ADVERTISEMENT

# # #


त्यसतर्फ संकेत गर्दै नेता खनालले भने, ‘हाम्रो पार्टीका तर्फबाट कसलाई मन्त्री बनाउने या नबनाउने भन्ने निर्णय नेकपा एकीकृत समाजवादीले गर्छ । यो धर्तीका अरु कुनै ताकतले गर्ने कुरा होइन ।’

पार्टीले ६ महिनासम्म एउटा टिमलाई दिने र त्यसपछि अर्को टिम पठाउने भन्ने सुरुकै सहमती गरेको जनाउँदै उनले त्यही अनुसार नै आइतबार बाहालवाला मन्त्रीलाई फिर्ता बालाउँदै नयाँलाई पठाउने निर्णय गरेको बताए ।

मन्त्री हेरफेरबारे निर्णय पार्टीको स्थायी कमिटीले गरेको बताउँदै उनले त्यसलाई सबैले पालना गर्नुपर्ने बताए ।