नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभाका लागि ललितपुर क्षेत्र नं २ (क) मा प्रदेश सभाका उम्मेदवार पवनविक्रम थापा :


ADVERTISEMENT


निर्वाचन मुखैमा छ । मतदातको प्रतिक्रिया र तपाईको घरदैलोको बारेमा बताइदिनुस् न ।


ADVERTISEMENT

# # #


घरदैलो लगभग हाम्रो अन्तिम चरणमा पुग्यो । अब आज जति गरियो गरियो । मौन अवधी आजैदेखि सुरु हुने भएकाले आजसम्म हामी जुन ठाउँ गयौँ त्यहाँ मतदातको अपार माया पाएका छौँ । यसलाई मुल्याङ्कन गर्ने हो भने हाम्रो विजय सुनिश्चित छ ।

तपाईका लागि, कांग्रेसका लागि यसपटक मतदाताले किन भोट दिने ? आधारहरु के के छन् ?

मंसिर २१ गते संविधान कार्यान्वयनको अन्तिम कोर्सको रुपमा मतदान हुँदैछ । त्यसपछि यो देशको राजनीति कुन दिशामा जाने भने कुराको निर्धारण गर्छ । संविधानको प्रत्याभूति जनताले गर्ने बेलामा वाम गठबन्धनको नाममा दुईतिहाई मत ल्याएर संविधान संशोधन गर्ने जुन कुरा आयो । त्यसले लोकतन्त्रवादी जनतालाई नराम्रोसंग चस्काएको छ । ४८ सालदेखि ७० सालसम्म कै कुरा गर्ने हो भने कम्युनिष्टले जितेको ठाउँ ललितपुर हो । उनीहरुले यसलाई लालकिल्ला पनि भन्ने गरेको थिए । यो बीचमा यहाँका जनताले विकासका कुराहरु के के पाए र ७० सालपछि नेपाली कांग्रेसले जितिसकेपछि यो तीन वर्षको अवधीमा यहाँका जनताले अनुभूत गरेको विकासको कुरा बीच नै अन्तर छ । २० वर्षदेखि नभएको उपलब्धी यो तीन वर्षमा भएका छन् । यही कुरालाई निरन्तरता दिनका लागि नेपाली कांग्रेसलाई जिताउनुपर्छ ।

तपाईले जितिसकेपछि गर्ने योजना वा विकासका कुराहरु के हुन् ?

राज्य पुनर्संरचना गर्दा महालक्ष्मी नगरपालिकामा वडा विभाजन गर्दा हिजोको लामाटार गाविसलाई अहिले चार वडा बनाइएको छ । भूगोल र जनसङ्ख्या पनि अधिकतम भएको क्षेत्रलाई एउटा वडामा सिमित गरिएको छ । मेरो पहिलो प्राथमिकता भनेको वैज्ञानिक र भूगोलका आधारमा वडा विभाजन गर्ने हो । दोस्रो भनेको ढल, सडक र प्रत्येकको घरमा खानेपानीको धारा पुर्याउने हो । खेलमैदान बनाउने, शिक्षालयको व्यवस्थापन गर्ने लगायतका अन्य कुराहरु त छँदैछन् ।

अन्त्यमा, तपाईँको मतदातको लागि के भन्नुहुन्छ ?
म के भन्न चाहान्छु भने, ४८ सालदेखि ७० सालसम्म र ७० देखि ७४ सालसम्म मुल्याङ्कन गर्नुस् । कती समयमा कसले के काम गर्यो भनेर हेर्नुस् । म एउटा नयाँ उत्साह, जोश लिएर तपाईको घर आँगनमा आएको छु । म युवा उम्मेदवारलाई हेरेर १० वर्षसम्म पार्टी सभापति भएरपनि केही काम गर्न नसकेकालाई हेर्नुस् । कसले के काम गर्यो र अझ के गर्न सक्छ भनेर मुल्याङ्कन गर्नुस् । अनि भोट दिनुस् भन्न चाहान्छु । तपाईको घरदैलोमा आएर मैँले गरेका वाचा यो कार्यकालमा पूरा गर्नेछु । त्यसका लागि एक पटक मलाई विश्वास गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।