काठमाडौं – सप्तरी प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहारका प्रकाश यादव र तुलसीकुमार दास तथा सप्तरीको छिन्नमस्ता गाउँपालिका २ का दीपेशकुमार यादव रहेका छन्।


ADVERTISEMENT


उनीहरूको साथबाट निट्राभेट ट्याबलेट ५ सय १० पिस, डाइजेलव इन्जेक्सन १ सय एम्पुल, पेनेरागन इन्जेक्सन १ सय एम्पुल तथा बुफ्रेन नोर्फिन १ सय एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए।


ADVERTISEMENT

# # #


प्रहरीले उनीहरूलाई छिन्नमस्ता गाउँपालिका ३ छिन्नमस्ता मन्दिर नजिकैबाट पक्राउ गरेको हो।