काठमाडौँ–– आषाढ पूर्णिमाको अवसरमा नेपालस्थित भारतको दूतावासले एक विशेष प्रार्थना समारोह आयोजना सम्पन्न गरेको छ ।
नेपालभरिका थेरेवाद, महायान र वज्रयान परम्पराका भिक्षु तथा प्रतिनिधिहरूको सहभागीतामा उक्त समारोह सम्पन्न गरिएको हो ।
कार्यक्रममा भगवान बुद्धले सारनाथमा दिएको पहिलो उपदेशलाई सम्झना गर्दै पवित्र मन्त्रपाठ तथा प्रार्थनाहरू गरिएको थियो। यसले नेपाल र भारतबीचको गहिरो आध्यात्मिक तथा सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाएको विश्वास लिएको छ ।